आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : अध्यक्ष प्रचण्ड
गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले छिटोछिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ रोजेको बताउनुभएको छ ।
आज जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित घ्याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनैतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनैतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ” ।
गोरखा २ बाट जितेर विकास निर्माणलाई पूर्णता दिनेछु । मैले जितेका निर्वाचन क्षेत्र चितवनमा ६११ किलोमिटर बाटो कालोपत्रे भएको छ । म हिँडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता गर्दछु, प्रचण्डले भन्नुभयो ।
राष्ट्रिय प्रसारणको विद्युतलाई यस गाउँमा ल्याउन आफूले पहल गर्ने शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देशैभरि र विश्वभरि दिने उहाँले बताउनुभयो ।
राजनैतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका गोरखा निर्वाचन क्षेत्र उपयुक्त रहेको मेरो ठम्याइ छ । यो आर्थिक क्रान्तिको यात्रामा तपाईँहरू सबैको साथ र सहयोगको अपेक्षा गरेको छु अध्यक्ष प्रचण्डले भन्नुभयो । चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुग्नुभएका नेता प्रचण्ड मुच्चोक, जौवारी, ताकु लगायतका क्षेत्रमा जाने कार्यक्रम रहेको नेपाली काँग्रेसका गोविन्द गुरुङले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्