साफ यू-१५ च्याम्पियनसिप : लगातार तेस्रो जितकाे लक्ष्यमा नेपाल
बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो ।
भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्यो ।
यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए । जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
२०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो ।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१को बराबरी खेलेका थिए ।
यदि नेपालले आज जित वा बराबरीको नजिता निकाले प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग बराबरी खेल पनि उपाधि हात पार्नेछ । तर, हारेको खण्डमा भने नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नैपर्ने दबाब हुनेछ ।
प्रकाशित मिति स् ७ घण्टा अघि,
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #लगातार तेस्रो जितकाे लक्ष्यमा नेपाल, #साफ यू-१५ च्याम्पियनसिप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्