खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित
खोटाङ। खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका वडा सभापति र नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
आइतबार बतासेमा भएको चुनावीसभामा कांग्रेस प्रदेश ‘ख’ का उम्मेदवार भूपेन्द्र राईप्रती असन्तुष्टि जनाउँदै पूर्व कार्यवाहक सभापति, वडा सदस्यका उम्मेदवार तीलककुमार राई, पार्टी वडा सचिव प्रेम राई, वडा सह–सचिव नारायण राई, सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सूनिल राई, सदस्य म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई र किरण राईलगायत ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै, जसपा खोटाङका जिल्ला सदस्य एवम् डाँडागाउँ वडाध्यक्षका उम्मेदवार किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह–इञ्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल, जिल्ला उप–सचिव दीपनारयण रिजाल, सुनसरी जिल्ला कमिटी सदस्य कांशीनाथ दंगाल, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश घिमिरेलगायतले खादा र माला लगाएर पार्टी स्वागत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित, #नेकपा एमाले, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्