सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट
काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर तीव्र उतारचढाब देखिएको बजार परिसूचक नेप्से अन्तिममा ६.४३ अंक (०.३३ प्रतिशत) को सामान्य गिरावट भएर बन्द भएको छ ।
सोमबार व्यापार, लगानी, जीवन बीमा, अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक १.२१ प्रतिशतले गिरावट भएको छ ।
गत साता लगातार तीन दिन बढेर बिहीबार भने घटेको नेप्से आइतबार २.२५ प्रतिशतले वृद्धि भएको थियो । तिहार अगाडि १८५९.४९ अंकमा बन्द भएको नेप्से २० कात्तिक आइतबार १९६५.३६ अंकमा पुगेको थियो । एक सातामा १०० अंक भन्दा माथिले नेप्सेमा वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्ने प्रयास गरेको थिए । जसले गर्दा सोमबार नेप्सेमा तीव्र उतारचढाब देखियो भने कारोबार रकम पनि बढेर २ अर्ब नाघेको छ ।
सोमबार नेप्से ४९ लाख ४४ हजार ७६ कित्ता सेयर कारोबार हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड ३९ लाख ५० हजार र नेस्डो समृद्धि लघुवित्तको १० करोड ६२ लाख ४० हजारको कारोबार भएको छ ।
सोमबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्