शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त
गोदावरी । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ ।
आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहनुभएको छ ।
नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिनुभएको सचिव सुनारले जानकारी दिनुभयो । सुनारले प्रधानमन्त्री देउवा चुनावमै केन्द्रित रहेर कार्यकर्तासँग छलफलमा व्यस्त रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनुहुनेछ । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।
प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुग्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा, #शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्