Techie IT
बुधबार, कात्तिक २६,२०८३

गायक प्रकाश दूतराजले गरे आत्महत्या प्रयास


काठमाडौँ ।चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका हुन् ।

उनी गत २० अक्टोबरमा कन्सर्टका लागि अष्ट्रेलिया गएका थिए । उनका लागि आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो ।

सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले पासो लगाउने प्रयास गरेका हुन् । उनले के कारणले आत्महत्या प्रयास गरेको भन्ने खुलेको छैन ।

अहिले उनको स्वास्इ अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रकाश दूतराज


तपाईको कमेन्ट लेख्नुहोस्