जोशिला अनि व्यापक संभावना वोकेका युवा बि.पी पुडासैनी चुनावी घरदैलोमा
गोरखा ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार उठेका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता बि.पी पुडासैनीले गत शुत्रबारबाट घरदैलो अभियानको औपचारिक शुरूवात गरेका छन।
चुनावी घरदैलो अभियानकै क्रममा मतदातासँग भेटघाट गर्दै भिमसेनथापा गाँउपालिका को वडा नम्बर १ मसेलबाट चुनावी प्रचारप्रसारको शुुभारम्भ गर्नुभएको हो।

कात्तिक १७ भन्दा अगाडि आम मतदातासँग सामान्य भेटघाट मात्रै गर्दै आएको बताउँदै नेता पुडासैनीले भन्नुुभयो निर्वाचन आचारसंहिताको पूर्ण पालनासहित हाम्रो चुनावी अभियानले तीव्रता पाउने छ।’
घरदैलोकै क्रममा मसेल, अश्राङ, बोर्लाङ, ध्याम्पेसाल, श्यामबजार, धावा, तान्द्रङग, ताप्लेका मतदातासँगको भेटघाटका क्रममा पुडासैनीले मतदाताको समस्या सुन्ने र आफ्नो चुनावी योजना सुनाउने गरिरहनुुभएको छ। उनले आफूले बोल्नको निम्ति नभई ,जनताको कुरा सुन्न घरदैलो कार्यक्रम गरेको बताएका छन् ।

मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै पुडासैनीले सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरी शुद्ध खानेपानी पु¥याउने,सबै बासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।
उहाँले उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, १ नम्बर क्षेत्रभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने क्षेत्रमा रहेको सब्ै वडामा विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन ,युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन। पुडासैनी “टायर” चुनाव चिन्ह लिएर मैदानमा उभिएका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #बि.पी पुडासैनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्