जोशिला अनि व्यापक संभावना वोकेका युवा बि.पी पुडासैनी चुनावी घरदैलोमा

गोरखा ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार उठेका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता बि.पी पुडासैनीले गत शुत्रबारबाट घरदैलो अभियानको औपचारिक शुरूवात गरेका छन।
चुनावी घरदैलो अभियानकै क्रममा मतदातासँग भेटघाट गर्दै भिमसेनथापा गाँउपालिका को वडा नम्बर १ मसेलबाट चुनावी प्रचारप्रसारको शुुभारम्भ गर्नुभएको हो।
कात्तिक १७ भन्दा अगाडि आम मतदातासँग सामान्य भेटघाट मात्रै गर्दै आएको बताउँदै नेता पुडासैनीले भन्नुुभयो निर्वाचन आचारसंहिताको पूर्ण पालनासहित हाम्रो चुनावी अभियानले तीव्रता पाउने छ।’
घरदैलोकै क्रममा मसेल, अश्राङ, बोर्लाङ, ध्याम्पेसाल, श्यामबजार, धावा, तान्द्रङग, ताप्लेका मतदातासँगको भेटघाटका क्रममा पुडासैनीले मतदाताको समस्या सुन्ने र आफ्नो चुनावी योजना सुनाउने गरिरहनुुभएको छ। उनले आफूले बोल्नको निम्ति नभई ,जनताको कुरा सुन्न घरदैलो कार्यक्रम गरेको बताएका छन् ।
मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै पुडासैनीले सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरी शुद्ध खानेपानी पु¥याउने,सबै बासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।
उहाँले उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, १ नम्बर क्षेत्रभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने क्षेत्रमा रहेको सब्ै वडामा विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन ,युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन। पुडासैनी “टायर” चुनाव चिन्ह लिएर मैदानमा उभिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #बि.पी पुडासैनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्