सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सहुलियत दरमा स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनुभएका पूर्व प्रहरी प्रमुख खनालले ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई रु ५०० तिरेर स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले काठमाडौँ क्षेत्र नं ६ भित्रका निर्माणाधीन पार्कलाई पुरा गर्ने, बढ्दो शहरीकरणबीच खुला सार्वजनिक पार्क अति आवश्यक पर्ने हुँदा सम्भाव्यता अध्ययन गरी पार्क विस्तार गरिने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।
काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्