रुपन्देहीको देवदह नगरपालिमा एक दम्पती मृत भेटिए
रुपन्देही रुपन्देहीको देवदह नगरपालिका ९५ पाल्पाली टोलमा एक दम्पती मृत भेटिएका छन् ।
सोमबार बिहान श्रीमान्(श्रीमती मृत अवस्थामा भेटिएका हुन् । घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ । बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । पत्नीको हत्या गरेर पछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #रुपन्देहीको देवदह नगरपालिमा एक दम्पती मृत भेटिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्