केपी ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् ।
एमालेका अनुसार अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले बिहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्नेछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ ।
अध्यक्ष ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्वोधन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्वोधन गर्ने, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्