साताको पहिलो दिन नेप्से २ प्रतिशत माथिले वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक ९२.२५ प्रतिशत० ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायीक लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गर्दा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसले गर्दा लघुवित्त उपसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । गत बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आइबार डेढ अर्ब नाघेको छ । आइतबार बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ ।
जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । सिटिजन्स बैंकको सेयर मूल्य भने ०।५३ प्रतिशतले गिरावट भएको छ । यता महिला, जाल्पा सामुदायीक लघुवित्त, नेस्डो समृद्धि लघुवित्त उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #साताको पहिलो दिन नेप्से २ प्रतिशत माथिले वृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्