ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न लागि परेका छौँ : एकनाथ ढकाल
काठमाडौं । नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौंले शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेकपा एमालेसँग चुनावी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा केन्द्रित चुनावी अभियानलाई देशब्यापी रूपमा सञ्चालन गरिरहेको परिवार दलले काठमाडौं उपत्यकामा एमालेका उम्मेदवार जिताउन अभियान नै सञ्चालन गरेको छ ।
गोंगबुमा भएको कार्यक्रममा नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरिबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले विचारमा भिन्नताको बाबजुत पनि राष्ट्रियता, विकास, सुशाशन र समानताको एजेन्डा स्थापित गर्न नेकपा एमालेसँग चुनावी सहकार्य गरिएको बताए ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको उनको भनाइ छ । नेता ढकालले जनताको बहुदलीय जनवाद आफ्नो पार्टीले पनि आत्मसात गरेको बताउँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य च्हिनमै मतदान गर्न आफ्ना कार्यकर्ता तथा आम मतदातामा अनुरोध गरेका छन् ।
ढकालले नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल एक कुशल, दक्ष र योग्य उम्मेदवार भएकाले काठमाडौं–६ ले त्यस्तो व्यक्तिलाई आफ्नो जनप्रतिनिधि बनाउनुपर्नेमा जोड दिए । काठमाडौं–६ ले गुमाउनै नहुने अवसर यसपटक आएको भन्दै ढकालले मङ्सिर ४ पछि केपी ओली प्रधानमन्त्री बन्ने र काठमाडौं–६ को सुन्दर भबिष्य निर्माणका लागि एमालेको उम्मेदवारको जित आवश्यक रहेको तर्क गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #एकनाथ ढकाल, #नेपाल परिवार दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्