निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकमा नमूना मतदान कार्यक्रम सञ्चालन
चौतारा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकमा नमूना मतदान कार्यक्रम सञ्चालन भएको छ ।
निर्वाचनमा हुने बदर मत सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले आज आइतबारबाट नमूना मतदान कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम अन्तर्गत आज जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा नमूना मतदान कार्यक्रमको आयोजना गरेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालका अनुसार नमुना मतदान कार्यक्रम कूल ८५ मत खसेका थिए । त्यसमध्ये प्रतिनिधिसभा सदस्य ९पहिलो हुने, निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत ०प्रत्यक्षतर्फ ७५ मत, समानुपातिकतर्फ ७८ मत सदर भएको छ ।
प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ ८० मत र समानुपातिकतर्फ ७६ मत सदर भएको छ ।
नमूना मतदान कार्यक्रम जिल्लाका १२ वटा नै पालिकामा सञ्चालन गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि, जिल्लाका १०३ वटा वडामा नै कार्तिक १७ गतेबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ ।
त्यस्तै, मुख्य निर्वाचनको कार्यालयले निर्वाचन सम्बन्धी तयारीलाई तीव्र पारेको छ । कार्यालयले आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै मतदान केन्द्रमा २ हजार ८ सय ३८ कर्मचारी परिचालन हुने र सो को छनौट समेत भइसकेको जनाएको छ ।
मतदान अधिकृत र सहायक अधिकृतहरूका लागि यो हप्ताभित्र नै तालिम पनि सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले जानकारी दिनुभयो ।
जिल्लालाई आवश्यक समानुपातिक तर्फका दुवै मतपत्र आइपुगेको र प्रत्यक्षतर्फका मतपत्र आज आइपुग्ने पनि उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नमूना मतदान, #निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकमा नमूना मतदान कार्यक्रम सञ्चालन, #प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्