मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारले गठबन्धनलाई सघाउने
काठमाडौँ I नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् ।
आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् ।
नेपाली कांग्रेसमै सक्रिय रहेका उनले पार्टी सञ्चालनका क्रममा भएका केही कमीकमजोरीका कारण चित्त दुखेर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको बताए ।
आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको उनले बताए ।
गएको बुधबार मात्रै सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि बानियाँलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #वीपीका उम्मेदवारले गठबन्धनलाई सघाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्