ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ ।
ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् । निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्