जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी
काठमाडौं। बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो। यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा उम्मेदवारका बनेका छन्। बेरोजगारी, अशान्ति र अराजकता विरुद्ध आगो बनेर विकास, समृद्धि र सुशासनको लागि कटिबद्ध मात्र नभइकन प्रतिबद्ध बनेका छन्। बागमती प्रदेश सरकारमा काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क)वाट सवैको जिन्दगीकै लौरा बन्न तयार बनेर सवैको घर–आँगनमा उभिएका युवा नेता अधिकारी संकल्प पत्र नै तयार पारेका छन्। उक्त संकल्प पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, संस्कृति र पर्यटन, खेलकुद, हरियाली लगायत सवैखाले विभेद, असमानता, कुशासन र बैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जस्ता उल्लेख छन्। त्यस्तै, भ्रष्ट तथा भ्रष्टाचारको पूर्णरुपमा जरैदेखि उन्मुलन गरेर स्वस्थ समाजको निर्माण गरेर नेपाली जनतालाई सुखी र खुशी वनाउने योजनाहरु छन्। जसलाई पूर्ण रुपमा साकार पार्ने संकल्प गरेका नेता अधिकारीले विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा औषधि व्यवसाय तथा योगा प्रशिक्षकका रुपमा रहेर सामाजिक सेवा गर्दैआएका छन्। नेपालमा नाकाबन्दीदेखि कोरोनाको महामारीसम्म पनि उतिकै सक्रिय भएर सामाजिक सेवामा अहोरात्र खट्दैआएका अधिकारीलाई सामाजिक चिन्तक तथा नेपाली राजनीतिलाई स्वस्थ र सफा वनाउने सोचमा होम्मिएका युवा नेताका रुपमा चिनिन्छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक १८ गते शुक्रवार ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्