कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने राजेन्द्र लिङ्देनको दाबी
नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन् ।
शनिबार राप्रपा सुनवल नगर कमिटीले रुपन्देहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताएका हुन् ।
गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुःख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविश्यसँग जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने समेत बताएका छन् ।
उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानेहरुलाई यसपटक पाखा लगाउनुपर्ने लिङ्देनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने राजेन्द्र लिङ्देनको दाबी, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्