वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले गर्यो यस्तो कारबाही
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. १६ का ‘भाइरल’ वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरीवाना गरेको छ ।
वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिताविपरीत काठमाडौं जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयम् संलग्न भएको पुष्टि भएपछि जरीवाना गरिएको आयोगले जनाएको छ ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेका थिए । उनको काम निर्वाचन आचारसंहिताविपरीत रहेको आयोगको ठहर छ ।
आयोगले उनलाई निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएपछि निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरीवाना गरेको हो ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मेयरमा जित हासिल गरेपछि बसेको काठमाडौं महानगरपालिकाको पहिलो ‘लाइभ’ बैठकमा मेयर साहलाई प्रश्न गरेर चर्चामा आएका रिजाल पछिल्लो समय ‘भाइरल’ अध्यक्षका रुपमा चिनिन्छिन् ।
नेपाली कांग्रेबाट वडाध्यक्ष निर्वाचित रिजालले विधि र प्रक्रिया मिचिएको भन्दै कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको आलोचना गरे पनि मेयर बालेनको आलोचना गरेको भनी प्रचार हुँदा उनी सामाजिक सञ्जालमा एकाएक ‘भाइरल’ बनेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुकुन्द रिजाल, #वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले गर्यो यस्तो कारबाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्