देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएको १६ महिनामै देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहहरूको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
आज शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उद्देश्य नभएको स्वार्थहरूको गठजोडलाई पराजित गर्नुपर्ने बताएका हुन् ।
उनले गठबन्धको घोषणापत्र जनता अलमल्याउने खेल मात्रै भएको तर्क गर्दै परमादेशबाट सरकारमा गएको १६ महिनामै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको आरोप लगाएका छन् । आगामी निर्वाचनमार्फत गठबन्धनले जनादेशबाट सरकार बनाएमा मुलुक लुटतन्त्रमा भासिने भनाई ओलीको छ ।
उनले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरू कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थिरताको भूमरीमा फसाएको आरोप लगाएका छन् । अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सबै हिसाबले समर्थनवान भएको पार्टी एमालेमात्रै रहेको दाबी ओलीको छ ।
उनले नेकपा एमालेबाहेक अरु कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी पनि गरेका छन् । ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधीनता र विकासका लागि धेरै काम गरेको जिकिर गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #देशलाई ‘कंगाल’ बनाउने स्वार्थसमूहको गठजोडलाई निर्वाचनमा पराजित गर्नुपर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्