स्वतन्त्र उम्मेदवार बि पी पुडासैनी मतदाता भेट्न व्यस्त
गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि.पी पुडासैनी मतदाता भेट्न व्यस्त छन्।
उम्मेदवार पुडासैनी मतदाता भेट्न हिजोदेखि गाँउ गाँउमा गएका छन् । उम्मेदवारी दिएपछि क्षेत्र नं १ को सबै पालिकाको प्रत्येक वडा तहका मतदाता भेट्न लागेका हुन्।
यस्तै नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामशरण बस्नेत, संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार नेपाली कांग्रेस बाट राजेन्द्र बजगांई प्रतिशप्रर्धामा छन् ।
स्वतन्त्र उम्मेदवार बिपी पुडासैनीको यस्तो छ प्रतिबद्धता:
१ स्थानीय निकायका जनप्रतिनिधिहरु लाई बिकाश निर्माण कार्यमा अधिकार सम्पन्न जनताप्रति उत्तरदायी गराउने ।
२ माध्यमिक तह सम्मको शिक्षा पुर्ण रूपमा निस्शुल्क गर्ने । उच्च शिक्षाको गुणस्तर सुधार गरि बिदेशी बिद्यार्थी हरु नेपालमा पढ्न आउने गरि नेपाल लाई शैक्षिक हब को रूपमा अन्तर्राष्ट्रिय स्थरमा परिचीत गराउने ।
३ आधारभुत स्थास्थ सेवा नि:शुल्क गर्ने तथा जटिल प्रकृतिका रोगको उपचारमा तोकिए बमोजिमको आर्थिक सहयोग थप उपलब्ध गराउने।
४ कृषि मल, उन्नत बीउ विजन, कृषि औजार, सिचाइ आदिमा अनुदान तथा सहुलियत व्याज दरमा बैंक बित्तिय संस्था सहकारी तथा लघुबित्त संस्थाहरु बाट कृषि कर्जा सहज रूपमा उपलब्ध उपलब्ध गराउने व्यवस्था मिलाउने ।
५ हरेक वडामा उपभोग्य बस्तुका सुपथ मुल्य सहुलियतपूर्ण सहकारी पसल सञ्चालन गर्ने ।
६ वेरोजगार युवा युवेती लाई उत्पादन मुलक कार्य गर्न लगाएर बेरोजगार भत्ता समेत उपलब्ध गराउने ।
७ वास्तविक सुकुम्बासीलाई भोगाधिकार सहितको जग्गा उपलब्ध गराउने ।
८ घरवार विहिन विपन्न परिवारलाई सुविधायुक्त घर बनाइ हस्तान्तरण गर्ने ।
९ असहाय बाल वालिका, जेष्ठ नागरिक, घरेलु हिसा पीडित महिला तथा असक्तहरुका लागि उपयुक्त आश्वम सञ्चालन गर्ने ।
१० स्थानीय तहमा लिईएको चर्को कर अशुल्ने व्यवस्था हटाउने।
११ कृषकले उत्पादन गरेका कृषि उत्पादन तथा घरेलु उत्पादनका बस्तु तथा सामान बजारसम्म पुर्याउने र बिक्रि गर्ने ब्यबस्थाको लागि वार्ड कार्यालय , सहकारी संस्था, कृषि समुह समेतको समेन्त्र निर्माण गरि सहज रूपमा बिक्रीवितरण गर्ने ब्यबस्था मिलाउने।
१२ कृषि उत्पादन , पर्यटन सम्बन्धि उधोग स्थापना गर्दा अनुदान तथा सहुलियत ऋण प्रदान गर्ने ब्यबस्था गर्ने , नेपालको पर्यटन क्षेत्रहरु लाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने र पर्यटन प्रबर्द्धन गरि रोजगारी सृजना गर्ने कार्यक्रमहरु संचालन गर्ने ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #बि.पी पुडासैनी, #स्वतन्त्र उम्मेदवार बिपी पुडासैनीको यस्तो छ प्रतिबद्धता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्