दोलखामा कांग्रेस र माओवादी परित्याग गरी दर्जनौँ युवा एमालेमा प्रवेश
दोलखा। दोलखाको बिगु र कालिञ्चोक गाउँपालिका तथा भीमेश्वर नगरपालिकाका दर्जनौ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी उहाँहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरूमा धावा खम्बा, यामबहादुर तामाङ, माइला तामाङ, गंगा तामाङ, रविन तामाङ, प्रकाश तामाङ, मिने तामाङ, सन्देश तामाङ, कुमार तामाङ, शंकर तामाङ, रमेश तामाङ र अनिल तामाङ छन् ।
यस्तै नाम्गेल लामा, सन्तोष केसी, बालकृष्ण तामाङ र रोशन तामाङलगायत युवाहरू पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दोलखाका सदस्य गणेश शिबाकोटीलगायत नेताहरूको पहलमा दर्जनौँ युवा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् दोलखा प्रदेश (ख) का उम्मेदवार भरतबहादुर केसी, बागमती प्रदेश कमिटी सदस्य एवम् दोलखाका सह–इञ्चार्ज डबल पाण्डे, प्रदेश सदस्य कालिका पाठक, जिल्ला कमिटी दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धर, सचिव हिरा थोकर तथा जिल्ला कमिटी सदस्य दोलखाका गणेश शिबाकोटीलगायत नेताहरूले टीका, खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।
दोलखा जिल्लामा सत्तारुढ गठबन्धनका अधिकांश नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्ने लहर बढ्ेको छ । यसैक्रममा उहाँहरू एमाले प्रवेश गरेका हुन् ।
नेकपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एसलगायत दलहरूको गठबन्धन जनहित र राष्ट्रहितविरुद्ध लागेको निष्कर्षसहित आफूहरू एमालेमा प्रवेश गरेको उनीहरूले बताएका छन् । नेकपा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान, जनजीवीका र सामाजिक सुरक्षाको क्षेत्रमा गरेको उल्लेखनीय र महत्वपूर्ण कामले आफूहरू नेकपा एमालेप्रति आकर्षित भएको उनीहरूको भनाइ छ ।
पछिल्लो समय दोलखामा गठबन्धनसम्बद्ध पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेसँगै गठबन्धन दलहरूभित्र आन्तरिक तनाव र द्वन्द्व बढ्दै गएको छ । यसले दोलखाको तीन वटै सीटमा एमालेको जित थप सुनिश्चित गर्दै लगेको छ ।
दोलखामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी (जसपा)को संयुक्त गठबन्धन छ । तर, जनता र मतदाता एमालेको पक्षमा भएको र गठबन्धनविरुद्ध सहजै जित हासिल गर्ने एमालेको विश्वास छ ।
एमालेकातर्फबाट दोलखा प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिबाकोटी र प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ तथा प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेमा प्रवेश, #कांग्रेस र माओवादी परित्याग गरी दर्जनौँ युवा एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्