दुई महिनामा तीन लाख ७९ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं । पछिल्लो समय नेपाल आउने पर्यटक बढेका छन् । सन् २०२२ को पछिल्ला दुई महिना अर्थात् सेप्टेम्बर र अक्टोबरमा तीन लाख ७९ हजार तीन सय ६९ जना विदेशी पर्यटक आएका हुन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा एक लाख ८० हजार दुई सय ६२ पर्यटक नेपाल भित्रिएका छन् ।
जसमा एक लाख २९ हजार नौ सय ६४ पुरुष र ५० हजार दुई सय ८४ महिला रहेका छन् । पर्यटकहरू विभिन्न एक सय ७७ देशबाट आएका हुन् । अक्टोबरमा एक लाख ९९ हजार एक सय सातजना पर्यटक आएकोमा एक लाख ३० हजार पाँच सय सात पुरुष र ६८ हजार पाँच सय ७९ महिला रहेका छन् ।
सन् २०२२ को आठ महिनामा तीन लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए । जनवरीदेखि अगस्टसम्म विभिन्न देशका तीन लाख २३ हजार चार सय २६ जना पर्यटक नेपाल आएका हुन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #दुई महिनामा तीन लाख ७९ हजार पर्यटक नेपाल भित्रिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्