नेकपा एमालेमा फर्किए काठमाडौं क्षेत्र नं ७ (१) का स्वतन्त्र उम्मेदवार गोपाल मालि
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं नं ७ ( १ ) का उम्मेदवार गोपाल मालिले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन। आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि उहाले आफ्नो उम्मेदवारी निष्कृय पार्ने निर्णय गरेका हुन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा नं १७ का ईन्चार्ज गोपाल मालिले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई निष्कृय पार्दै नेकपा एमालेलाई जिताउने अभियानमा लाग्ने बताएका छन।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल सहित केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा मालीले पार्टीको पुरानै जिम्मेवारीमा फर्कने जानकारी दिएका छन।
मालीले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका सुर्य चिन्हमा मतदान गर्न सम्पुर्ण मतदातालाई अपिल समेत गरेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमालेमा फर्किए काठमाडौं क्षेत्र नं ७ (१) का स्वतन्त्र उम्मेदवार गोपाल मालि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्