Techie IT
सोमबार, मंसीर १,२०८३

कर्णाली करिडाेरका कारण कैलाली क्षेत्र नं. १ को प्रदेश ‘ख’ द्धारिकाप्रसाद न्यौपानेकाे चर्चा चुलिदै


टीकापुर । यहि मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’का उम्मेदवार द्धारिकाप्रसाद न्यौपानेको पक्षमा जनलहर छाएको छ । कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर जस्ता वृहत योजना ल्याएपछि एमाले तर्फबाट उम्मेदवार बनेका न्यौपानेको पक्षमा जनलहर छाएको हो । टीकापुरको छेउमा रहेको कर्णाली नदीमा कर्णाली करिडोर सहित वगैचा, तटबन्धन र ¥यापिटङ गर्ने उनको योजनासंग टीकापुरका जनता न्यौपानेलाई जिताउनुपर्ने बताएका छन् ।

टीकापुर नगरपालिका मात्र रहेको प्रदेश ख मा अहिले न्यौपाने बाहेक अन्य उम्मेदवारको चर्चा नै छैन । कांग्रेसबाट फेरि पनि उम्मेदवार बनेका आफूलार्इृ डाक्टर भन्ने रणवहादुर रावलको चर्चा कतै पनि सुनिन्न भन्ने नागरिक उनमुक्ति पार्टीबाट उम्मेवार बनेको लक्षण चौधरीको चर्चा अलिअलि गाउँघरतिर मात्र सुनिने गरिन्छ । प्राकृतिक सौर्दन्यको खानी रहेको टीकापुरलाई बनाउनका लागि त्यहाँका जनताले द्धारिकाप्रसाद न्यौपाने जस्तो नेताको खाँचो रहेको औल्याएका छन् । यहि सामाजिक सञ्जालदेखि टीकापुर बनाउने वृहत योजनाका भिडियो द्धारिकाप्रसाद न्यौपानेको मात्र सुनिने गरिएको छ । त्यहा मतदाताले पनि न्यौपानेका भिडियोलाई सेयर गर्ने र लाइक गर्ने समेत स्वतस्फूर्त रुपमा गरिरहेका छन् । निर्णय क्षमता र जोखिम लिन सक्ने नेताका रुपमा पार्टी भित्र र बाहिर न्यौपाने चिनिन्छन् ।

अहिले टीकापुरमा न्यौपाने जस्ता जोखिम लिने नेता आवश्यक रहेको भन्दै सवै उनलाई जिताउन सवै लागेका छन् । अहिले टीकापुर बजारदेखि गाउँसम्म न्यौपानेको चर्चा हुने गरेको छ । युवा सक्षम र भनेको काम गर्ने सक्ने क्षमता भएका न्यौपानेको विकल्प नभएको टीकापुर बासीको धारणा रहेको छ । एमालेले घरदैलो कार्यक्रम समेत गरिरहेको छ । एमालेले टीकापुरमा रहेका नौ वटै वडामा घरदैलो कार्यक्रम शुरु गरेको छ । आजदेखि प्रचारप्रसारलाई खुला गरेपछि एमाले आक्रमण रुपमा लागेको छ । गाउँका विभिन्न टोल, समूहमा एमाले आफ्नो उम्मेदवारलाई जिताउनका लागि घरदैलो कार्यक्रम शुरु गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #द्धारिकाप्रसाद न्यौपाने


तपाईको कमेन्ट लेख्नुहोस्