प्रधानसेनापति शर्माद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
सैनिक मुख्यालयले उपरथी थापालाई सुदूरपश्चिम पृतनापति र उपरथी तामाङलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रधानसेनापति शर्माद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान, #प्रभुराम शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्