Techie IT
सोमबार, मंसीर १,२०८३

सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र , राजसंस्थाको राजनीतिक एजेण्डा नै आफ्नो पार्टीको चुनावी एजेण्डा -चिराग कुवँर


 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ६ को प्रदेश (ख) बाट प्रदेश सांसद पदको उम्मेदवार  चिरागमान सिंह कुवँरले  सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र सहित संवैधानिक राजसंस्थाको राजनीतिक एजेण्डा नै आफ्नो पार्टीको चुनावी एजेण्डा भएको बताएका छन् ।


ADVERTISEMENT


यसका साथै राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका संस्थापक अध्यक्ष समेत रहेका नेता कुवँरले कल्याणकारी राज्यको आर्थिक एजेण्डासहित नेपालको राजनीतिमा राप्रपाले उठाएका मुद्दाहरु नै आफ्नो चुनावी एजेण्डा रहेको उद्घोष गरेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुवँरले उदार अर्थतन्त्रको अवधारणामा हिँडेर नै नेपाललाई समृद्ध मुलुक बनाउन सकिने धारणा राखे ।

नेता कुवँरले देशको राजनीतिक अवस्था परिवर्तन हुन नयाँ नेतृत्वको विकल्प नभएको बताउँदै भने,  ‘काँग्रेस र कम्युनिष्टको शासन आएसँगै देशको अवस्था थप रुग्ण र अव्यवस्थित हुन थाल्यो । अब नयाँ नेतृत्व नआई हुँदैन भनेर जनताले बुझेका छन् । त्यसैले अबको विकल्प भनेको राप्रपा नै हो ।’

तीनदशकदेखि राप्रपाको राजनीतिमा सक्रिय नेता कुवँर तारकेश्वर नगरपालिका सांग्लाका स्थायी बासिन्दा हुन् । उनले नेपालको राजनीतिक र सामाजिक परिवेशमा राप्रपामा धेरै उदाहरणीय कामहरु गरेर देखाउन सक्ने नेतृत्वदायी र उत्तरदायी नेताहरु भएकाले अबको वैकल्पिक शक्ति राप्रपा नै भएको दाबी गरे ।

काठमाडौं क्षेत्र नं ६(ख) अन्तर्गत टोखा नगरपालिकाको वडा नं १,८ र ११ एवं तारकेश्वर नगरपालिकाको १,२,६,७,८,९,१०,११ नं वडाहरु रहेका छन् ।

उक्त क्षेत्रको जनताको हितका लागि नेता कुवँरले लामो समयसम्म सामाजिक, राजनीतिक रुपमा कार्य गरेका छन् ।  आफूले गरेका कामहरुको फेहरिस्त जानकारी गराउँदै नेता कुवँरले भने, ‘अबको निर्वाचनमा जनताले न्याय गर्ने बेला आएको छ ।’

प्रजातान्त्रिक ट्रेडयुनियनका माध्यमबाट मजदुर वर्गको अधिकारका लागि क्रियाशील नेता कुवँरले यसपटकको निर्वाचनमा जनताले आफूमाथि न्याय गर्नेमा विश्वस्त रहेको बताए  ।


ADVERTISEMENT

#
#


राज्यदोहनमा मग्न दलहरुप्रति जनताको भरोसा सकिएको र राष्ट्रिय राजनीतिलाई सुधार गर्नु आजको आवश्यकता समेत रहेको बताउँदै नेता  कुवँरले भने, ‘अझै काँग्रेस कम्युष्टिलाई भोट दिएर गल्ती गर्ने हो त ?   दशकौंसम्म देश निर्माण गर्न नसकेर राज्यदोहनमा मग्न दलहरुलाई जिताएर हामीले भावी सन्ततिलाई कस्तो देश छाडेर जाने हो ?’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्