गोरखाको उहियाका सिकिस्त बिरामीको हेलिकोप्टर मार्फत उद्धार
गोरखा । उत्तरी गोरखाको उहियाका एक सिकिस्त बिरामीको हेलिकोप्टर मार्फत उद्धार भएको छ ।
सोमबारदेखि अकस्मात रुपमा नाक र मुखबाट निरन्तर रगत बगिरहने समस्याबाट पिडित बनेका धार्चे ३ उहियाका ६३ बर्षिय पूर्ण बहादुर घलेलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौको टिचिङ अस्प्ताल लगिएको हो ।
हिजो दिउँसोबाट बिरामी परेका उनलाई राती नै आफन्त र छिमेकीले डोकोमा बोकेर उपचारका लागि गोरखा सदरमुकाम ल्याउने प्रयास गरेका थिए ।
तर खोर्लाबेशी आइपुग्दा उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि नेपाली काँग्रेसका नेता समेत रहेका राजेन्द्र बजगाईको समन्वयमा हेलिकोप्टर मार्फत मंगलबार दिउँसो उनको उद्धार गरी काठमाण्डौ लगिएको बिरामीका आफन्त श्रीलाल गुरुङले जानकारी दिए । उनको अन्नपूर्ण हेलि मार्फत उद्धार भएको बताइएको छ ।
‘हामीले रातभर डोकोमा बोकेर ल्याउदा झनै समस्या बढ्दै गयो, खोर्लाबेशी आएपछि काठमाण्डौमा सम्पर्क गरेर हेलिकोप्टर खोज्दा कहि भेटिएन’ आफन्त गुरुङले भने ‘कताबाट राजेन्द्र बजगाई सरले थाहा पाउनुभएछ, उहाँले नै हेलिकोप्टर पठाइदिएर बिरामीलाई काठमाण्डौं पठाउन सफल भयौ ।’
गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेल घर भएका बजगाई आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा सदस्यका लागि गोरखा १ बाट उम्मेदवार छन् । पर्यटन ब्यवसयी समेत रहेका उनले यसअघि समेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टर मार्फत उद्धार र सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखाको उहियाका सिकिस्त बिरामीको हेलिकोप्टर मार्फत उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्