पानी र बिजुली निःशुल्क उपलब्ध गराउने एमालेको प्रतिबद्धता
काठमाडौं । नेकपा एमालेले निर्वाचन जितेर सरकार बनाएपछि जनतालाई पानी र बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
एमालेले आज मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘फ्रि मिटर : दश हजार लिटर’ र ‘फ्रि युनिट : ५० युनिट’ योजना अगाडि सारेको हो ।
‘फ्रि मिटर : दश हजार लिटर’अन्तर्गत आगामी दुई वर्षभित्र सबै परिवारमा आधारभूत पिउने पानीको सुविधा पुर्याउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने र फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने ग्यारेन्टीसहितको प्रतिबद्धता एमालेले जनाएको छ ।
त्यस्तै, ‘फ्रि युनिट : ५० युनिट’ योजनाअन्तर्गत दुई वर्षमा विद्युत्मा सबैको पहुँच पुर्याउने, सबै परिवारलाई वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै, पाँच वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५०० मेगावाट पुर्याउने तथा प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याउने ग्यारेन्टी र प्रतिबद्धता पनि एमालेको घोषणापत्रमा गरिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ‘पाँच वर्ष : एमालेले गर्छ !’ शीर्षक दिएर तयार पारेको घोषणापत्र एमालेले आज मंगलबार सार्वजनिक गरेको हो । घोषणापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, रोजगारी र आयस्तरलाई केन्द्रमा राखेर २० वटा ग्यारेन्टी पनि गरेको छ ।
सोही ग्यारेन्टीमध्ये बिजुली र खानेपानी निःशुल्क उपलब्ध गराउने योजना एमालेले अगाडि सारेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #पानी र बिजुली निःशुल्क उपलब्ध गराउने एमालेको प्रतिबद्धता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्