शेयर बजार उच्च अङ्कले बढ्यो
काठमाडौं । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो सोमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज न्यादी हाइड्रोको शेयर १० प्रतिशतले, युनिभर्सल पावर कम्पनीको नौ प्रतिशत तथा अरू ६ वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेर हरियो भए पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार उच्च अङ्कले बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्