तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनामा फरार कार चालक २४ घण्टा नबित्दै पक्राउ
रुपन्देही । तीन जनाको ज्यान नै जाने गरी दुर्घटना गराई फरार रहेका एक जनालाइ रुपन्देही प्रहरीले सवारी सहित नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देही ओमसतिया गाउँपालिका वडा नंम्बर ४ पननिस्थित भैरहवा परासी सडकखण्डमा पैदलयात्रीलाइ ठक्कर दिई फरार रहेका कार चालक रुपन्देही रोहिणी गाउँपालिका वडा नंम्बर ३ धकधई बस्ने २३ बर्षीया अजय कुमार चौधरीलाई बा ८ च ६५३२ नंम्बरको टाटा ईण्डिका भिष्टा (फिक्का निलो रङ्को) कार सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ४ स्थितबाट पक्राउ गरिएको बताइएको छ ।
चौधरी सवार कारले हिजो (सोमबार) बिहान अन्दाजी ४ बजेर ५५ मिनेट जाँदा पैदलयात्रीहरु रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननी वस्ने २ महिनाको श्रीराम कुर्मी, २८ बर्षीया परमशिला कुर्मी, १४ बर्षीया सिमा कुर्मी, २६ बर्षीया मञ्जु कुर्मी र २४ बर्षीया बन्दना कुर्मीलाई ठक्कर दिइएको थियो । घाइते मध्य परमशीला कुर्मी गुप्ता, सिमा कुर्मी, श्रीराम कुर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ भने मञ्जु कुर्मीको उपचारपश्चात डिस्चार्ज भएको र वन्दना कुर्मीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटना गराइ फरार रहेका कार र त्यसका चालकलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनी विरुद्ध सम्मानित रुपन्देही जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्