रुपन्देहीका प्रहरी प्रमुख रेग्मीको एक्सन : हतियारसहित दुई भारतीय नागरिक पक्राउ
रुपन्देही । रुपन्देहीमा हातहतियारसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुरग्राम भगवानपुर बस्ने चालक २८ बर्षीया सुनील कुमार सहनी र मोटरसाइकलको पछाडी सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखओर बस्ने २६ बर्षीया शशीकांत भट्ट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुले असोज २३ गते बेलुकी ४ बजेको समयमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नम्बर ११ मोग्लाहस्थितमा मोटरसाइकलमा सवार लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीलाई हतियार देखाई लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नंम्बर ६ पर्सा महिलावारस्थित भित्री सडक नवजिवन स्कुल अगाडी हतियार देखाई दस लाख ९० हजार रुपैयाँ लुटेर लगेका थिए ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेरा समूहले रकम लुटि लगेको भनी कर्मचारीले सूचना दिएपछि प्रहरीले अनुसन्धान कार्यलाई तीव्र पारेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अज्ञात समूहले रकम लुटी लगेको सूचना पाएलगत्तै प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्दै आएको थियो ।
त्यसैक्रम्मा ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीको टोलीले यहीँ कार्तिक १० गते बेलुकी ६ बजेको समयमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंम्बर १ सिपवास्थितबाट चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको युपी ५८ भी १८१४ नम्बरको मोटरसाईकलसहित दुवैलाई नियन्त्रणमा लिन सफल भएको समेत प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
पक्राउ परेकामध्य सहनीको साथबाट प्रहरीले भारतीय नम्बरको मोटरसाइकल एक थान, सनमिका इन्ड्रष्टिकल लेखेको सेमी अटोमेटी पेस्तोल एक थान, म्याग्जीन थान १, गोलीको पिँदमा के.एक ७.६५ लेखेको राउण्ड ५ थान, रेड्मी ९ कम्पनीको मोवाईल एक थान र सवारी चालक अनुमतीको कार्ड एक थान बरामद गरेको छ भने अर्का भट्टको साथबाट प्रहरीले घरेलु बनावटको कटुवा पेस्तोल एक, थान, कटुवा पेस्तोलमा लाग्ने गोलीको पिँदमा ८एमएम केएफ लेखेको गोली राउण्ड एक थान, एमआइ कम्पनीको मोबाइल एक थान, र आधारकार्ड एक थान बरामद गरिएको छ ।
पक्राउ परेकाहरुउपर सम्मानित रुपन्देही जिल्ला अदालतवाट दस दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्