धनुषामा बढ्यो चुनावी चहलपहल
जनकपुरधाम । छठ पर्वको समापनसँगै धनुषामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी सरगर्मी तीव्र बनेको छ । निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचारको शैलीका लागि तयारी गरिरहेका छन् ।
खास गरेर पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा माइकिङ मार्फत चुनावको प्रचार गर्नका लागि तयारी गरिरहेका छन् । धनुषा जिल्लामा रहेको रहेको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको चुनावमा मुख्यतः दुई गठबन्धन दलका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यस ठाउँबाट मुख्यतः दुई गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दुई जना पूर्वमन्त्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा र नेकपा एमाले र जसपा गठबन्धन दलका उम्मेदवार एमालेका नेत्री पूर्वमन्त्री जुली कुमारी महतो महासेठका बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।
दुवै उम्मेदवारहरू घर उम्मेदवारी दर्ता सँगै घर दैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । दुवै जनाले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । उहाँहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको नेपाल सरकारका पूर्व सिनियर डिभिजन इन्जिनियर सत्यनारायण साह तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले पनि चुनौती दिइरहनु भएको छ ।
यसै धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रदेश सभा तर्फबाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव र एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका मुख्यमन्त्री लालबाबु राउतका पूर्व प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले टक्कर दिइरहनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनकपुरधाम, #धनुषामा चुनावी चहलपहल बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्