एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र,डिजिटल माध्यमबाट सार्वजनिक
काठमाडौं। नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।
आज काठमाडौंमा विशेष समारोह आयोजना गरी डिजिटल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले विद्युतीय माध्यमबाट स्वीच थिचेर घोषणापत्र सार्वजनिक गरे ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्र सपना, मन्त्र, वाचा, अवसर, प्रतिबद्धता, अठोट र प्रश्न समावेश गरेर २० हजार शब्दमा लेखिएको एमालेले जनाएको छ ।
साथै एमालेका उम्मेदवारलाई नै किन भोट हाल्ने भन्नेबारे दुई ओटा प्रश्नको उत्तर दिँदै एमालेले मतदातालाई ६ वटा महत्वपूर्ण प्रश्न समेत गरेको छ । जसले एमालेबाहेक अर्को चुनाव चिह्नमा मतदान गर्नुअघि अत्यन्तै सोचनीय बनाउने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्