अछामका ६० मतदानस्थल अति संवेदनशील
अछाम । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका ६० मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका १ सय ३० मतदानस्थल मध्ये ६० स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले ६० मतदानस्थललाई अतिसंवेदनशील, ५० संवेदनशील र २० कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले बताउनुभयो । निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो ।
जिल्लामा ५० मतदानस्थल संवेदनशील र २० मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । विगतको निर्वाचनमा भएको झडप, विवाद, भौगोलिक, सुरक्षा विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउँदै स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइसकेको छ ।
जिल्लाका १० स्थानीय तहमा रहेका मतदान स्थलको अनुगमन भइरहेको छ । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ । १० स्थानीय तह रहेको अछाममा दुई सय ८ मतदान केन्द्र छन् ।
जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत नायकले बताउनुभयो । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #अछामका ६० मतदानस्थल अति संवेदनशील, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्