अछामका ६० मतदानस्थल अति संवेदनशील

अछाम । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका ६० मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका १ सय ३० मतदानस्थल मध्ये ६० स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले ६० मतदानस्थललाई अतिसंवेदनशील, ५० संवेदनशील र २० कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले बताउनुभयो । निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो ।
जिल्लामा ५० मतदानस्थल संवेदनशील र २० मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । विगतको निर्वाचनमा भएको झडप, विवाद, भौगोलिक, सुरक्षा विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउँदै स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइसकेको छ ।
जिल्लाका १० स्थानीय तहमा रहेका मतदान स्थलको अनुगमन भइरहेको छ । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ । १० स्थानीय तह रहेको अछाममा दुई सय ८ मतदान केन्द्र छन् ।
जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत नायकले बताउनुभयो । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #अछामका ६० मतदानस्थल अति संवेदनशील, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्