गठबन्धन सरकारले देशको ढुकुटी लुटेको छः केपी ओली
झापा । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनुभएको छ ।
झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको वताउनुभयो ।
‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उहाँले भन्नुभयो– नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकारका अर्थमन्त्रीले केही व्यक्ति बोलाएर करका दर हेरफेर गर्छन् । देशको ढुकुटीमा योभन्दा ठूलो लुट अरू के हुन्छ रु यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’
उहाँले आफू नेतृत्वको सरकारले विकासका धेरै काम गरेको फेहरिस्त पनि सुनाउनुभयो । आफू नेतृत्वको सरकारले गरेका ठूला विकासका काम देखेर एमालेको सरकार ढालेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाकाबन्द गरे पनि पेट्रोल आउँछ । हामीले मेलम्चीको पानी काठमाडौं ल्यायौँ । अरुण तेस्रो जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । यसरी मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढालियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभयो । झापाको कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’
उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनता समाजवादी पार्टी ९जसपा० को सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #गठबन्धन सरकारले देशको ढुकुटी लुटेको छः केपी ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्