१४ वर्षीय बालकको हत्याको अभियोगमा ५ जना पक्राउ
झापा । झापाका एक १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा ५ जना किशोरहरु पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आयोजित छठ मेलामा झापा दमक नगरपालिका–१० बस्ने दियुस श्रेष्ठमाथि आइतबार चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते बनेका श्रेष्ठलाई स्थानीय गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको थियो ।
श्रेष्ठको मृत्युपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा मोरङ उर्लाबारीका १७ वर्षीय सरोज बस्नेत, १७ वर्षीय सन्देश खवास, १६ वर्षीय सपन खत्री, १६ वर्षीय मञ्जिल माझी र १७ वर्षीय विकास तामाङलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार पूर्व रिसिईबीका कारण चक्कु प्रहार भएको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१४ वर्षीय बालकको हत्याको अभियोगमा ५ जना पक्राउ, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्