सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार रुपैयाँ मात्र, चल अचल सम्पत्ति रोक्का गर्न माग
काठमाडौं । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईजी एसिया बैंकमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताए ।
जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैंक खाता र जग्गा रोक्का गर्ने चलन रहेको उनले बताए।
सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ । सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् ।
सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र सोमबार भए पनि बयान र थुनछेकको बहसको काम मङ्गलवारबाट मात्र सुरु हुने छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार रुपैयाँ मात्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्