बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन
एजेन्सी । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ ।
अभिनेत्री सोनालीको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको छ । कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको हो । उनको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सोनाली बिरामी भए पनि काम गरिरहेकी थिइन् । यसपटक पनि काली पूजामा सहभागी भएकी थिइन् । उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् र त्यही कारण उनको निधन भएको हो ।
सोनाली बंगालकी चर्चित अभिनेत्री हुन् । आफ्नो लामो करियरमा उनले धेरै टिभी सिरियल र चलचित्रमा पनि काम गरेकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन, #सोनाली चक्रवर्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्