टी–२० विश्वकप क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानद्वारा पहिलो जित दर्ता
काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ चरणको आजको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा १३।५ ओभर खेल्दै पाकिस्तानले ९५ रन बनाएर खेल आफ्नो पक्षमा पारेको हो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र ९१ रन जोड्न सक्यो । नेदरल्यान्ड्सका लागि कोलिन अकर्मनले २७ रन र स्कट इड्वार्डसले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
नेदरल्यान्ड्सको इनिङ्स धराशायी बनाउन पाकिस्तानका सदाब खानले ३ र मोहमद वासिमले २ विकेट लिए भने सहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफले १र१ विकेट लिए ।
जितसँगै सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलबाट २ हार र १ जितसहित २ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ भने नेदरल्यान्ड्सले ३ वटै खेल हारेर अङ्कविहीन बनेको छ ।
सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीले अब हुने बाँकी दुई खेल जिल्नैपर्ने दबाब छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानद्वारा पहिलो जित दर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्