Techie IT
बिहीबार, वैशाख १७,२०८३

 कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु


कैलाली । कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका २ मालिका टोलका नरीबहादुर ऐरका १ वर्षीय छोरा वीरेन्द्र ऐरको धारामा भरी राखेको बाल्टिनमा डुबेर मृत्यु भएको छ ।

बाल्टिनमा डुबेर घाइते भएका ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

यस्तै धनगढी उपमहानगरपालिकाको सन्तोषी टोलका आर्यन लामाको मछली नदीमा डुबेर मृत्यु भएको छ । साथीहरूसँग गोदावरी नगरपालिकाको कोलमुडामा पिकनिक खान गएका लामा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रहरी टोलीले खोजी गर्दा मछली नदिको तालमा लामा मृत अवस्थामा भेटिएका प्रवक्ता जोशीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा पानीमा डुबेर २ जनाको मृत्यु भ


तपाईको कमेन्ट लेख्नुहोस्