चुनावपछि राप्रपा र जसपासँग मिलेर सरकार बन्छ: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने दाबी गरेका छन् । निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याए पनि सहयात्री दलहरुको साथ नछोड्ने उनले बताए ।
गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने ठोकुवा गरे ।
उनले भने, ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो ।’
ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने भविष्यवाणी गरे । माधव नेपालको पार्टीको भने कुनै सम्भावना नरहेको उनले बताए ।
ओलीले थपे, ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भो अलि दिन । यसपालिको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ । राप्रपाभन्दा अलिकति बढी सीट माओवादीले ल्याउने सम्भावना छ । तर, माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने भयो । त्यो राष्ट्रिय पार्टी सार्टी केही हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।’
ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे । ‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन । त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन’, ओलीले भने ।
उनले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत आयो आयो । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन’, ओलीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #चुनावपछि राप्रपा र जसपासँग मिलेर सरकार बनाउने ओलीको उद्घोष, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्