अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि सञ्चालनमा
काठमाडौं। वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गतेदेखि पूर्ण रूपमा खुलेको हो ।
सडक खण्डका सयौँ ठाउँमा आएको पहिरो र सडक कटान गरेपछि २१ दिन सम्म आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो । केही खण्डमा गत असोज २७ गते यता गाडी चले पनि कालिकोटको पिली देखि जुम्ला सम्मको सडक भने खुल्न सकेको थिएन ।
उक्त सडक खण्डमा सबै भन्दा धेरै पहिरो झरेको थियो भने तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रा समेत बन्द भएको थियो । डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकै साथ गरेपछि २१ दिनको राती पूर्ण रूपमा सडक खुलाउन आफूहरू सफल भएको छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र प्रहरी, सेनाको सहयोगले सडक सुचारु गराउन सफल भएको बताउनुभयो ।
सुरुमा हेर्दा प्रहरीको रिपोट सुन्दा तीन महिना लगाएर पनि सडक खुलाउन सकिँदैन की भन्ने त्रास थियो । तर विपद्को वेला स्थानीय सरकार देखि सबै सुरक्षा निकाय र सडक विभागले पनि बिदामा गएका कर्मचारीलाई समयमै खटाएका कारणले २० देखि २१ दिनको बिचमा सडक खुलाउन सफल भएको थियो ।
कालिकोटको सदरमुकाम मान्म देखि नाग्मसम्मको ४५ किलोमिटर सडकमा ६० ठाउँमा पहिरो र नदीले सडक बगाएको थियो । मान्म देखि दहिखोला खण्डमा पनि २० भन्दा बडी ठाउँमा पहिरो झरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि सञ्चालनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्