मकवानपुरबाट नगदसहित ३३ जुवाडे पक्राउ
हेटौंडा । मकवानपुरमा एकै जुवाखालबाट नगदसहित ३३ जना पक्राउ परेका छन् ।
गएराति जिल्लाको हेटौंडा-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरको ग्यारेजबाट नगद ७३ हजारसहित ३३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्रहरीले जुवाको खालबाट कौडा १३ थान, तास १३ बुक र नगद ७३ हजार बरामद गरेको प्रवक्ता कार्कीले बताए ।
यसैगरी, सोही जुवाखालमा प्रहरीसँग अभद्र व्यवहार गर्ने एक जना महिला समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #मकवानपुरबाट नगदसहित ३३ जुवाडे पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्