यूवा लाई रुष्ट बनाएर चुनाव जितिदैन तरूण अध्यक्ष : रन्जित लामा गुरुङ
गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनाव धोषणा सँगै विभिन्न ठाउँमा चुनावी रैनकले छोएको छ ।
तर गोरखाको भिमसेनथापा गाँउपालिकामा भने चुनावी चहलपहल त्यति देखिएको छैन् । देशभर सता गठबन्धनकको लहर देखिएपिन भिमसेनथापामा भने त्यस्तो प्रभाव छैन ।
गोरखामा प्रतिनिधिसभामा २ वटा क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले टिकट पाएका छन् । त्यस्तै क्षेत्र नं १ प्रदेश (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्यैपानेले टिकट पाएका छन् । प्रदेश (क) मा नेकपा माओवादी केन्द्रका नेता कृष्ण धितालले टिकट पाएका छन् । केन्द्रमा नेता हरू बिच गठबन्धन भएपनि जनता हरू खुशी देखिदैनन् ।
नेपाल तरूण दल भिमसेनथापाको अध्यक्ष, रन्जित लामा गुरुङले गठबन्धन भएको भरमा चुनाव नजित्ने बताएका छन् । निर्वाचन हुन २७ दिनमात्र बाँकी हुँदा आज सम्म कुनै पनि नेताले युवासँग सहकार्य नगरेको बताए ।
रन्जित भन्छन् “गठबन्धनकै भरमा चुनाव जितिदैन”
“युवा सँग सहकार्य नगरी अगाडि बढेमा त्यसको परिणाम नेता हरूले भोग्नुपर्छ”
तरूणा साथीहरू लाई वेवास्था गरेमा युवाहरू जस्तो कदम चाल्नपनि पछि नहट्ने गुरूङको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #यूवा लाई रुष्ट बनाएर चुनाव जितिदैन तरूण अध्यक्ष : रन्जित लामा गुरुङ, #रन्जित गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्