आगलागीमा करिब ७५ लाखको क्षति
काठमाडौं । मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण जलेर नष्ट हुँदा ७५ लाख बराबरको सामग्रीको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए ।
उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात् नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्