सरकारी गाडी दुरुपयोग गरेको भन्दै चौधरीलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आचारसंहिता विपरित चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो ।
“तपाइँले चुनाव प्रचारप्रसारका क्रममा सरकारी (रातो तथा नीलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ?”, स्पष्टीकरण पत्रमा भनिएको छ, “यदि निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी तपाईंबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो ?”
मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भइ वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्