Techie IT
शुक्रबार, जेठ ३,२०८२

दोलखामा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन


 

दोलखा । जिल्ला मालपोत कार्यालय दोलखामा मेघा बैङ्कले शुक्रवारबाट एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ ।
जिल्ला मालपोत कार्यालय दोलखाको प्राङ्गणमा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको बैङ्कका प्रबन्धक कपिल भण्डारीले बताउनुभयो ।
एक्सटेन्सन काउन्टरको उद्घाटन दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले गर्नुभएको थियो ।
कार्यालय परिसरमा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन भएपछि मालपोत कार्यालय र नापी कार्यालयमा घर जग्गाको कारोबार गर्न आउने सेवाग्राहीलाई सहज हुने जिल्ला मालपोत कार्यालय दोलखाले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दोलखामा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:12 am6:47 pm +0545