नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
निर्जीवन बीमा उपसमूहको शेयर मूल्यमा राम्रै वृद्धि भएको छ । कारोबारका आधारमा एभरेष्ट बैङ्क शीर्ष स्थानमा छ । सो बैङ्कको रु पाँच करोड १६ लाख ३२ हजार नौ सय ९७ बराबरको कारोबार भयो ।
त्यस्तै, नवील बैङ्क रु तीन करोड ३८ लाख ८० हजार एक सय एक, नेपाल बैङ्क रु तीन करोड २० लाख १८ हजार सात सय ७०, एनआइसी एशिया बैङ्कको संस्थापक शेयर रु दुई करोड २९ लाख ५० हजार आठ सय सात र गरिमा विकास बैङ्कको रु एक करोड ५१ लाख ११ हजार सात सय ३७ बराबरको कारोबार भयो ।
नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जनउत्थान सामुदायिक लघुवित्त चार दशमलब १५ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलब ५५, अभियान लघुवित्त सात दशमलब ६०, माहुली लघुवित्त चार दशमलब शून्य तीन, वेस्ट फाइनान्स तीन दशमलब १८ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब शून्य तीन प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्