तिहार नजिकिएसँगै अछाममा जुवातास खेल्ने, प्रहरीको निगरानी
अछाम । तिहार नजिकिएसँगै अछाममा जुवातास खेल्ने क्रम बढेको पाइएको छ ।
सदरमुकाम तथा बजार क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि जुवातास खेल्ने गरेको स्थानीयको भनाई छ । कानून विपरीतको कार्यलाई प्रहरी पनि निगरानी गरिरहेको छ । जस अनुसार हालै अछाममा जुवाको खालबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको पन्चदेवल विनायक नगरपालिका ४ बेलेखतमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ लाख २१ हजार रुपैयाँ र केही थान तास पनि बरामद भएको छ । पक्राउ परेका ७ जनालाई जिल्ला अदालत अछामबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
दशैँ छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको र तिहार पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी आफ्नो तर्फबाट लागिरहेको डिएसपी डाँगीको भनाई छ ।
जुनसुकै अपराधलाई पनि प्रहरी नियन्त्रणका लागि तयार रहेको र नागरिकले प्रहरीलाई समयमै सही सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तिहार नजिकिएसँगै अछाममा जुवातास खेल्ने, #प्रहरीको निगरानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्