काठमाडौं महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो ।
तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूलमाला हटाएपछि न्यूरोडका व्यापारीहरु आक्रोसित भएका छन् । न्यूरोड असनका सुन पसलहरुले तिहारको अघिल्लो दिन विशेष तरिकाले आफना पसलहरु सजाएका थिए ।
महानगरले भने फुटपाथ ढाक्नेगरि फुलमाला सजाएको भन्दै हटाएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बाटो नै ढाक्नेगरी राखिएको फुलका मालाहरु निकालिएको बताए ।
उनले भने,‘जसले फुटपाथ ढाकेर बाटो हिड्ने ठाउँमा राखेको छ नि । त्यस्तो ठाउँमा त्यो गर्न पाएन । जसरी भएपनि उसले विजनेश मोटिभमा गरेको हो नि त यहाँ सानो व्यापारीहरु भीडभाड हुन्छ भनेर बाहिर पसल नराख्ने अनि उनीहरु चाहिँ राख्न कहाँ पाइयो त ।’ उनले तिहारमा फुटपाथमा व्यापार गर्न नदिइने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #काठमाडौं महानगरले हटायो न्यूरोडमा सजाएका फूलमाला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्